काठमाडौं । सोलार फार्म लिमिटेडले रुकुमका भूकम्पपीडितलाई शौचालयको प्यान सहयोग गरेको छ । सोलार फार्मले रुकुमको त्रिवेणी गाउँपालिकाका भूकम्पपीडितहरुका लागि दुई सय वटा शौचालयको लागि प्यान वितरण गरेको हो । भूकम्पबाट क्षतिग्रस्त क्षेत्रका जनताका लागि शौचालय निर्माणमा यि प्यान सहयोगी हुने विश्वास गरिएको छ । सोलार फार्मका अध्यक्ष मोहन गुरुङले त्रिवेणी गाउँपालिकाका कार्यपालिका सदस्य जनककुमार…