पोखरा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकास अहिले मुख्य एजेन्डा भएको बताउनुभएको छ । नेकपा गण्डकी प्रदेशद्वारा सोमवार आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले समृद्ध नेपालका लागि सुशासन र विकासलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो । राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सरकारसँग सकारात्मक दृष्टिकोेण रहेको…