काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-माधव पक्षले संगठन विस्तारलाई सुदृढ बनाउँदै आन्दोलनलाई सशक्त बनाउने भएको छ । बिहीबारबाट सुरू भएको स्थायी कमिटी बैठकले काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउन जनपरिचालन गर्ने निर्णय पनि गरेको छ । नेकपाको कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टी संगठनलाई सुदृढ बनाउने र प्रतिगमन विरूद्धको आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको हो…