१४ मंसिर २०८१, शुक्रबार | November 30, 2024

बिचौलिया पोस्न किसानका नाममा दूधको मूल्यवृद्धि ?



काठमाडौं । सरकारले दूधको मूल्य बढाएकोमा उपभोक्तकर्मीले आपत्ति जनाएका छन् । सोमबार सरकारले किसानको नाममा बढाएको प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वास्तविक किसानको हातमा नपुग्ने र बिचौलियाको मात्र पोसिने उपभोक्ताकर्मीको भनाइ छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बिचौलिया पोस्न सरकारले किसानको नाममा दूधको मूल्यवृद्धि गरेकोे आरोप लगाए । ‘एउटा गाईको गोठ, एउटा बाल्टिनसमेत नभएका बिचौलियालाई पोस्नु किसानको नाममा सरकारले दूधको मूल्यवृद्धि हो,’ अध्यक्ष महर्जन भने, ‘सरकारले दूधको मूल्य ५६ रुपैयाँ ४ पैसा पु¥याए पनि गाईको गोठमा गोबर सोहोर्ने किसानले पाउने मूल्य भनेको ४० देखि ४५ रुपैयाँ मात्र हो ।’

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिना सरकारले कुनै अध्ययन अनुसन्धान नगरी हचुवाको भरमा दूधको मूल्य बढाएको बताउँछन् । किसानका नाममा सीमित व्यापारीलाई पोस्न सरकारले दूधको मूल्यवृद्धि गरेको अध्यक्ष तिमल्सिनाको भनाइ छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरेर ५६।०४ रुपैयाँ कायम गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रशोधन नगरिएको दूधको यस्तो मूल्य किसान र दूध खरिदकर्ताका लागि मात्रै लागू हुने मन्त्रालयको भनाइ छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले सरकारले बढाएको मूल्य व्यापारीका लागि नभएर किसानले पाउने बताए । प्रवक्ता सन्जेलले उपभोक्ताले पाउने मूल्य अहिले नबढेको जानकारी दिए ।

‘किसानले फ्याटको आधारमा पाउने मूल्य बढाइएको हो, अहिलेलाई उपभोक्ताका लागि मूल्य निर्धारण भएको छैन, ‘प्रवक्ता सन्जेलले भने ‘कच्चा दूधको मूल्यवृद्धि फ्याट र एसएनएफका आधारमा हुन्छ ।’ सरकारले दूधको न्यूनतम् फ्याट ४ प्रतिशत र एसएनएफ ८ प्रतिशत कायम गरेको छ । ‘फ्याट र एसएनएफ बढी भए किसानले दूधमा बढी मूल्य पाउँछन्,’ प्रवक्ता सन्जेलले बताए ।

किसानबाट खरिद गर्ने दूध प्रशोधनका लागि लाग्ने लागत जोडेर उपभोक्ता मूल्य मन्त्रालयले पछि तय गर्ने प्रवक्ता सन्जेलको भनाइ छ । राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान र मन्त्रालयको आपसी छलफलमा लागतका आधारमा उपभोक्ता मूल्यपछि निर्धारण हुने प्रवक्ता सन्जेलले जानकारी दिए ।

मन्त्रालयको सहमतिमा दुग्ध विकास बोर्डले मूल्य निर्धाण गरेको दूधको मूल्य दुग्ध विकास संस्थानलाई मात्र लागू हुने उनले बताए । ‘अन्य दुग्ध कम्पनीले सरकारले निर्धारण गरेको मूल्यका आधारमा मूल्य बढाउन सक्छन्,’ प्रवक्ता सन्जेलले भने । अन्य दुग्ध कम्पनीले दूधको गुणस्तरका आधारमा आप्mनो मूल्य निर्धाण गर्न सक्ने उनको भनाइ छ ।

दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थानका लागि दूधको मूल्य निर्धारण गर्न मन्त्रालयबाट अध्ययन प्रतिवेदन लिइसकेको र केही दिनमा मन्त्रालयको सहमतिमा मूल्य निर्धारण गर्ने प्रवक्ता सन्जेलले जानकारी दिए ।

राष्ट्रिय दूग्ध विकास बोर्डका कार्याकारी निर्देशक राजेन्द्र यादवले उपभोक्ता र उद्योगीका लागि दूधको मूल्य निर्धारण हुन केही समय लाग्ने जानकारी दिए । उनले सरकारले पहिलोपटक किसानको न्यूनमत मूल्य निर्धारण गरेको हुँदा केही अध्ययन गरेर मूल्य निर्धारण गर्नुपर्ने भएकाले केही समय लाग्ने बताए । बोर्डका कार्यकारी निर्देशक यादवले उद्योगी र उपभोक्तालाई असर नपर्ने गरी राम्रो अध्ययन गरी मूल्य निर्धारण हुने जानकारी दिए ।

उनले मूल्य निर्धारणका लागि पहिलो चरणको अध्ययन भइरहेको थप अध्ययन गरी मन्त्रालयको सहमतिमा बोर्डले दूधको मूल्य निर्धारण गर्ने बताए । निर्देशक यादवले भने, ‘सरकारले पहिलोपटक किसानले दूधको मूल्य निर्धारण गरेको हुँदा हामीलाई नयाँ भएको छ । बोर्डले पहिलो चरण पूरा गरेको भए पनि थप दोस्रो चरणको अध्ययन गर्नुपर्नेछ । सरकारले दूधको मूल्य १३।१७ प्रतिशत बढेको छ । उद्योगी र उपभोक्तालाई भार नपुग्नेगरी यो साताभित्र बोर्डले मूल्य निर्धारण गर्ने निर्देशक यादवले जानकारी दिए ।

दूधको मूल्यवृद्धि हुँदा किसान खुसी

सरकारले दूधको मूल्यवृद्धि गर्दा किसान खुसी भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कच्चा दूधको न्यूनतम मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा पु¥याएपछि किसान खुसी भएका हुन् । पछिल्लो समय पशुलाई खुवाउने दाना, चोक्कर, पराल र औषधिको समेतको मूल्य अत्यधिक बढेकाले उत्पादन लागत खर्च पनि उठाउन सक्दा किसान आप्mनो पेसाप्रति चिन्तित थिए । यसअघिको दूधको मूल्यभन्दा ६ रुपैयाँ ५२ पैसा प्रतिलिटर सरकारले बढाइदिएपछि किसान हर्षित भएका हुन् । यसअघि किसानले प्रतिलिटर न्यूनतम दूधको मूल्य ४९ रुपैयाँ ५२ पैसा पाउने गरेका थिए ।

केन्द्रीय दुग्ध सहकारी संघका महासचिव राम आचार्यले सोमबार सरकारले दूधको न्यूनमत मूल्य ५६ रुपैयाँ ४ पैसा निर्धारण गरेकाले किसान खुसी भएको बताए । ‘हामीले सरकारसँग किसानको दूधको प्रतिलिटर १० रुपैयाँ बढाउनुपर्ने माग गरेका थियौं,’ आचार्यले भने, ‘सरकारले प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएको छ । सरकारले गरेको यो निर्णयप्रति हामी खुसी नै छौं ।’ उनले भने, ‘पछिल्लो समय पशुहरूलाई खुवाउने दाना परालको मूल्य धेरै पढेको हुँदा किसानलाई आप्mनो लागत खर्च उठाउन मुस्किल भएर आफ्नो पेसाप्रति निराश भएका थिए ।

सोमबार सरकारले गरेको निर्णयले किसानमा केही आशा पलाएको छ । उनले भने, ‘किसानको दूधको मूल्य वृद्धि गर्दा सरकारले निर्धारण गरेको मूल्यमा किसानलाई नाफा नभए पनि लागत खर्च उठाउन सकिने महासचिव आचार्यको भनाइ छ । मूल्यसँग स्वच्छ र गुणस्तरीय दूध हुने पनि उत्तिकै आवश्यक भएको हुँदा उद्योगीहरूले उपभोेक्तालाई स्वच्छ र गुणस्तरीय दूध बिक्री वितरण ध्यान दिनु आवश्यक रहेको उनले बताए । आजको राजधानी दैनिकमा कौशिला कुँवरले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ७ : २६ बजे

मार्गशीर्ष कृष्ण त्रयोदशी : पशुपति क्षेत्रमा महादीपदान गर्नेको घुइँचो

काठमाडौं । मार्गशीर्षकृष्ण त्रयोदशीका अवसरमा आज बेलुकीदेखि पशुपति क्षेत्रमा दिवंगत

एनपिएल खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपालमा

काठमाडौँ । भारतीय क्रिकेटर शिखर धवन नेपाल आएका छन् ।

होटल पौवाको प्रोमो कोडबाट यति एयरलाइन्सको हवाई यात्रामा छुट पाइने

नेपालगन्ज । नेपालका बिभिन्न स्थानहरुमा नेपाली हस्पिटालिटीसहितको सेवा दिँदै आएको

चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’

कैलाली । यस वर्षका ठूला चाडपर्व सकिएका छन् । बडादसैँ,

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री