काठमाडौं । सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)को स्थापना दिवस । स्थापना दिवस भए पनि एन्फाले कुनै औपचारिक कार्यक्रम नगर्ने भएको छ ।
कोरोना भाईरसको संक्रमण फैलन नदिन लकडाउनको अवस्थामा रहेको यो विशेष अवस्थामा कुनै औपचारिक कार्यक्रम आयोजना नगरिएको एन्फाले जनाएको छ ।
अवस्था सामान्य बनेपछि स्थापना दिवसलाई स्मरण गरेर कार्यक्रम आयोजना गरिने एन्फाले जनाएको छ ।
एन्फाले गत बर्षदेखि मात्रै बैशाख २२ गते एन्फा दिवस मनाउन सुरु गरेको थियो । एन्फाको वर्तमान कार्यसमिति सोही दिन निर्वाचित भएको थियो ।
स्थापना दिवसका अवसरमा एन्फाले गतवर्ष फुटबल क्षेत्रमा लागेर योगदान गरेका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको थियो । यस बर्ष पनि विभिन्न विधाका खेलाडी तथा फुटबलसम्वद्ध व्यक्तित्वलाई सम्मान गर्ने एन्फाको योजना थियो ।
एन्फाले कोरोना संक्रमण सामान्य बनेपछि हाल स्थगित फुटबल कार्यक्रमहरु नयाँ तालिकाका साथ पुरा गर्ने जनाएको छ ।
प्रतिक्रिया