भक्तपुर । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गर्ने ३ जना प्रहरी नियन्त्रणमा परेका छन् । सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा राति ११ बजे यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा दुई पुरुष र एक महिला पक्राउ परेका हुन् ।
प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडी हल्लीन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । भक्तपुर प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक शिवकुमार श्रेष्ठले पुष्टि गरे । प्रहरीका अनुसार अनुसार प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छिन् । पक्राउ परेकाहरुलाई सार्वजानिक स्थानमा अस्लिल गतिबिधि गरेको अभियोगमा कारवाही प्रक्रिया अगाडि बढेको एसपी श्रेष्ठले बताए ।
पक्राउ परेका खत्रीले आफु गाडीकाे चालक भएकाे स्विकार गरेकाे भक्तपुर प्रहरी प्रवक्ता डीएसपी दिपक गीरीले बताए ।
गाडी हल्लीन थालेपछि स्थानीयले गस्ती गएको प्रहरीलाई खबर गरिदिएका थिए । प्रहरीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषहरुलाई देखे पछि नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया