देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योग ग्राममा आगलागी भएको छ ।
उद्योगको वियर प्लान्ट र गोदाममा आगलागी भएको हो । उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बुधबार बिहान ८ बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताए ।
उनले भने, ‘दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । उनले आगलागीको कारण अहिले थाहा नभएको पनि बताए ।
वियर प्लान्टमा अहिले पनि आगो बलिरहेको छ । आगलागी भएको स्थानमा सिजी ग्रुपका प्रमुख एवं निवर्तमान सांसद विनोद चौधरीसमेत पुगेका छन् ।
आगलागीका कारण कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया