१४ मंसिर २०८१, शुक्रबार | November 29, 2024

अदालतलाई धम्क्याएर बोल्दैनौं, न यता न उता : सभापति देउवा



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा आफुहरु नबोल्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा काँग्रेसले भक्तपुरमा आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै सापति देउवाले संसद विघटनबारे अदालतको जस्तोसुकी निर्णय आएपनि मान्ने बताएका हुन् ।

देउवाले संसद विघटनको मुद्दा अदालतमा विचाराधीन भएका कारण आफुहरुले अहिले पुनस्र्थापनाको पक्ष या विपक्षमा नबोल्ने स्पष्ट पारेका हुन् । उनले भने, ‘अदालतमा विचाराधीन मुद्दा जो छ त्यसमा हामी केही बोल्ने छैनौं, न यता न उता । अदालतलाई धम्क्याएर, तर्साएर निर्णय गराउने त होइन।’

सभापति देउवाले अदालतप्रति भरोसा रहेको भन्दै सरकारले बदमासी गरेपनि अन्तिम न्याय दिने निकाय अदालत भएका कारण न्यायालयबाट जे निर्णय आउँछ त्यो मान्ने बताएका हुन् । काँग्रेसले जहिले पनि स्वतन्त्र न्यायालयलाई सम्मान गर्दै आएको उनले बताए ।

तर, सभापति देउवाले संसद विघटन गर्ने सरकारको निर्णय असंवैधानिक एवं अलोकतान्त्रिक भएको बताए । संसद विघटन र यसपछिको अवस्थाबारे पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले टुंगो लगाउने उनले बताए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ५ : ०० बजे

दीपमा परम्परागत पोसाक र संस्कृति प्रदर्शन (फोटो फिचरसहित)

बुटवल । दीप बोर्डिङ हाई स्कुलमा शुक्रबार परम्परागत पोसाक प्रदर्शन

वैकुण्ठधाम आध्यात्मिक महोत्सवबाट ३ करोड बढी संकलन, ७५ लाख खर्च

नेपालगन्ज । राप्ती नदीको तट सिधनियाघाटमा मृत्यु पश्चतको दाहसंस्कार स्थल

प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमण जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका प्रधानमन्त्री ली खछ्याङको

ढुक्क हुनुहोस्, सरकार तीन वर्ष तलमाथि हुँदैन : सञ्चारमन्त्री गुरूङ

स्याङ्जा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले दुई

दुर्गा प्रसाईं थप ५ दिन हिरासतमा

काठमाडौं । विवादस्पद मेडिकल ब्यावसायी थप ५ दिन हिरासतमा बस्ने