काठमाडौ । माछापुच्छ्रे बैंक र एम एडब्लु अर्थमुभर प्रालि (M.A.W Earthmovers Pvt. Ltd) बीच सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट खरीद गर्न चाहने ग्राहकलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र एम ए डब्लु अर्थमुभर (M.A.W Earthmovers Pvt. Ltd) को तर्फबाट अध्यक्ष बिष्णु कुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत एमएडब्लु अर्थमुभरका देशभर रहेका डिलरबाट जेसिबी ब्रान्डका नयाँ हेभि इक्युपमेन्ट खरिद गर्न चाहने ग्राहकहरुलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउनुका साथै सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।
प्रतिक्रिया