काठमाडौ । एनआईसी एशिया बैंकको २० प्रतिशत लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ। बैंकले लाभांश वितरणका लागि बुधबारदेखि बुकक्लोज गर्ने भएको हो, अर्थात मंगलबारसम्म शेयर खरिद गरेका सेयरधनीले मात्र लाभांश पाउने भएका हुन ।
बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १९ प्रतिशतका दरले हुन आउने रकम १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनको लागि १ प्रतिशतले हुन आउने ९ करोड ७१ लाख रुपैयाँ बराबरको नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
लाभांश वितरणको प्रस्ताव पारित गर्न बैंकले मंसिर २१ गते साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया