काठमाडौ । कुमारी बैंकले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्न साधारणसभा बोलाएको छ । बैंकले मंसीर २९ गते साधारण सभा गर्ने भएको हो । साधारणसभा बैंकको रजिस्ट्रार कार्यलय टंगाल काठमाण्डौमा बिहान साढे ११ बजे बोलाएको छ ।
साधारण सभामा बैंकले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १४ प्रतिशत लाभांसको प्रस्ताव गरेको छ जसमा ३.१५ प्रतिशत नगद लाभांश र १०.८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।
कोरोनाका कारण साधारणसभा अनलाईन मार्फत हुने बैंकले जनाएको छ। जसको लागि बैंकले जुम मिटिङ आइडि र पासवर्ड उपलब्ध गराउने भएको छ ।
बैंकले मंसिर १५ गतेदेखि बुकक्लोज गर्ने भएकोले मंसिर १४ गतेसम्म काएम भएका शेयरधनीहरुले प्रतावित लाभांश र सभामा भाग लिन पाउने छन् ।
प्रतिक्रिया