११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

तिलोत्तमा नगरपालिकामा सडक दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम



तिलोत्तमा । आम मानिसमा संस्कार र आचरण सुधारे दुर्घटना न्यूनीकरण आफै हुने तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले बताएका छन् । सडकमा हुने दुर्घटना न्यूनीकारण गर्न सर्बप्रथम आफु सजग भएर ट्राफिक नियम तथा सडक नियम पालना गरे दुर्घटना कम हुने उनको भनाई छ ।

तिलोत्तमा नगरपालिका रुपन्देहीको आयोजनामा शुक्रबार नगरपालिकामा आयोजित सडक दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रमको सन्दर्भमा नगर प्रमुख खाणले सो कुरा बताएका हुन् ।

नगर प्रमुख खाणले घर परिवार बाटै राम्रो संस्कार बसाल्नुपर्ने भन्दै घर समाज हुँदै देशको लागि संस्कारयुक्त समाज निर्माण गरे सबै खालका सडक दुर्घटनाको जोखिमबाट बच्न सकिने बताएका हुन् । ट्राफिक, प्रहरी र जनप्रतिनिधिले मात्र कानुनको बारेमा कडाई गरेर समाज सुधार नहुने भन्दै नगर प्रमुख खाणले आफै बाट सुधारका लागि प्रयास र कानुन र मापदण्डको पालना नगरेसम्म दुर्घटना न्यूनीकरण नहुने भन्दै यसमा सबैको सहयोग अपरिहार्य रहेको समेत बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख, प्रहरी निरीक्षक रन्जु केसीको आगमनसंगै ट्राफिक प्रहरी थप सक्रिय भै सडक सुरक्षा तथा दुर्घटना न्युनिकरणका लागि स्थानिय तह, क्लब संघ(संस्था उद्योग वाणिज्य संघ लगायत विभिन्न संघ(संस्थासंग समन्वय गरि ट्राफिक नियमसंग सम्बन्धित ट्राफिक सचेतना कार्यक्रमलाई तिब्रता दीईएको पाइन्छ भने अर्कोतर्फ ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कानुन अनुसार कडा कारबाही र आम जनताको मन जितेर सहजता पुर्बक काम गर्ने र सरल ब्यबहारमा प्राथमिकता दिईएको पाइन्छ ।

सो अवसरमा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले सडकमा गर्नु पर्ने नियम पालना गरे मात्र दुर्घटना न्यूनीकरण हुने बताईन । उनले जहाँ पायो त्यहीबाट बाटो काट्ने, पैदल हिड्ने ठाउँमा सवारी कुदाउने, ओभर स्पिडमा सवारी हाँक्ने, ओभर्ट्याक गर्ने, ट्राफिक लाइट नहेरी नबुझी बाटो काट्ने, समय भन्दा अगाडी गाडी कुदाउने जस्ता सामान्य गल्ति र प्रबृत्तिले सडक दुर्घटनाको जोखिम बढेको बताईन । सडक दुर्घटनाका बारेमा सबैमा चेतना दिलाउनुपर्ने बताउदै नगर उपप्रमुख चौधरीले यसमा हातेमालो गरि सबैको सहयोग जरुरी भएको बताईन ।

ट्राफिक प्रहरी कार्यालय मंगलापुरका प्रहरी बरिष्ठ नायव निरिक्षक मिलन सिंहले सहजीकरण गर्नुभएको सो का र्यक्रममा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्य, बाल मैत्री शाखा प्रमुख अधिकृत शारदा भट्टराई,सबै साम्युदायिक बिद्यालयका प्रधानाध्यापक, शिक्षक, सरोकारवाला निकायका प्रतिनिधी, बुद्धिजीवी, बाल संजालका प्रतिनिधी, महिला समूह, युवा क्लबक प्रतिनिधीको उपस्थिति रहेको थियो । सहजीकरण गर्दै प्रहरी बरिष्ठ नायव निरिक्षक मिलन सिंहले सबैको सहयोगले कारबाहीको चिट काट्नु भन्दा सडक दुर्घटना न्युनिकरण गर्दै सभ्य समाजको निर्माण गर्न सहज हुने बताएका थिए । ट्राफिक र प्रहरीसंग हातेमालो गर्दै समाजमा सडक दुर्घटनाबारेमा जनचेतना जगाउन आफुहरु लागि परेको समेत उनले बताए ।

सो अन्तरक्रिया कार्यक्रममा सडक दुर्घटना न्यूनीकरणका बारेमा प्रश्नोत्तर एबम सडक चेतना, कानुन र समाजपयोगी सडक मापदण्डका बिषयमा छलफल समेत भएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ३ : ३४ बजे

श्रीलंकन पूर्व राष्ट्रपति गोटावायलाई लुम्बिनीमा स्वागत

लुम्बिनी । श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले

एमाले नेतृ बराल भन्छिन्- प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो, कानुनी निष्कर्षको प्रतिक्षामा छु

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर

मौसम प्रतिकूल भएपछि भोलि बिहानसम्मका सबै आन्तरिक उडान स्थगित

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका

प्राकृतिक विपत्तिको समयमा जनसेवामा जुट्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगातारको

लुम्बिनी विकास कोषको नियतमाथि प्रश्न उठाउँदै निर्माण व्यवसायीहरुद्वारा चरणबद्ध आन्दोलनको घोषणा

बुटवल । लुम्बिनी विकास कोषको नियतमाथि प्रश्न उठाउँदै निर्माण व्यवसायीहरुले