११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

मुद्रास्फीति ४.१० प्रतिशतमा सीमित



काठमाडौँ । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशतमा सीमित रहेको तथ्यांक सार्वजनिक भएको छ ।

अघिल्लो वर्ष साउनमा मुद्रास्फीति ७.५२ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि बढी भए पनि गैरखाद्य समूहको मूल्य कम बढ्दा मुद्रास्फीति नियन्त्रणमा देखिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्था अनुसार राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढ्दा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको छ ।त्यस्तै कुल विदेशी विनिमय सञ्चिति २०९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको छ भने नेपाल सरकारको खर्च ४० अर्ब २१ करोड र राजस्व परिचालन ९४ अर्ब ७४ करोड रहेको छ । त्यस्तै विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घटेको र वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.७ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.३ प्रतिशतले बढ्दा वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ३ : ०९ बजे

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छ : प्रधानमन्त्री ओली

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ

यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४५ औँ विश्व पर्यटन

आजको मौसम : बाग्मतीसहित यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै,

सामाजिक सञ्जाल नियमन कानुन निर्माण गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण

कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार

विराटनगर । कोशी ब्यारेजबाट नदीमा खसेको यात्रुबाहक बसमा सवार २६