विराटनगर । कोशी प्रदेशमा केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयमा एमाले र कांग्रेसबाट विद्रोह गरेका प्रदेशसभा सदस्यहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । प्रदेश संसद सचिवालयमा जम्मा भएका उनीहरू प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।
संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि एमालेका ३९ र कांग्रेसका ८ गरी ४७ जनाको हस्ताक्षरसहित कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै बिहीबार उनीहरुले हस्ताक्षर बुझाएका थिए ।
प्रतिक्रिया