सुर्खेत । कर्णाली प्रदेशसभाको साेमबार अपरान्ह ३ बजेका लागि बाेलाइएकाे बैठक स्थगित भएको छ ।
यसअघि साेमबार बसेकाे सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रदेशसभाको बैठक सार्ने प्रस्ताव पेस गरेका थिए ।
आइतबार पनि कांग्रेस र माओवादी केन्द्रबीच सत्ता सहकार्यका बारेमा आधिकारिक निर्णय भएसँगै मन्त्री छान्ने तयारी गर्न कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री राजकुमार शर्मासग सदन पर सार्नेबारे सहमति गरेका थिए ।
प्रदेशसभाको स्थगित बैठक अब ७ वैशाख बिहीबार अपरान्ह ३ बजे बस्ने भएको छ । उक्त दिन मुख्यमन्त्री शर्माले तेस्रोपटक विश्वासको मत लिने सम्भावना छ ।
प्रतिक्रिया