८ मंसिर २०८१, शनिबार | November 23, 2024

कर्णालीमा राष्ट्रियसभा निर्वाचनको मतदान सुरु (तस्बिरसहित)



सुर्खेत । कर्णाली प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार सुर्खेतस्थित दुईवटा मतदान केन्द्रमा मतदान सुरु भएको हो ।

बिहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन कार्यालयका नायब सुब्बा हिरानन्द पोख्रेलले बताए । ‘दुईवटा मतदान केन्द्रमा मतदान भइरहेको छ,’ उनले भने, ‘निर्वाचन अधिकृतसहित १८ जना कर्मचारीले निर्वाचनको काम गरिरहेका छन् ।’

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही लगायतले मतदान गरिसकेका छन् ।

तीन सिटका नेकपा एमालेबाट तीन जना र गठबन्धनबाट तीनजना गरि ६ जनाको उम्मेदवारी परेको छ ।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट ९सुर्खेत० अपाङ्ग, नेपाली कांग्रेसका दुर्गाकुमारी गुरुङ ९सुर्खेत० महिला, नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा ९सल्यान० अन्यबाट उम्मेदवार रहेका छन् भने, नेकपा एमालेबाट चुडामणी शर्मा ९सुर्खेत० अपाङ्ग, पदबहादुर माझी ९दैलेख० अन्य र गंगा थापा महत ९जुम्ला० महिलाबाट राष्ट्रियसभा पदका लागि उम्मेदवार रहेका छन् ।

मतदान सकिने विक्तिकै मतगणना जारी हुने र आजै नतिजा प्रकाशन गर्ने तयारी रहेको छ ।

यस्तो छ मतभार
कर्णालीमा प्रदेशसभाका ३५ सांसद र ७९ पालिकाका प्रमुखरउपप्रमुख तथा अध्यक्षरउपाध्यक्ष १५६ गरी १९१ जनाले मतदान गर्ने छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गर्ने अधिकार स्थानीय तहका प्रमुखरउपप्रमुख र प्रदेशसभाका सदस्यलाई मात्र छ ।

स्थानीय तहका प्रमुख(उपप्रमुखको मतभार १८ तथा प्रदेशसभा सदस्यको मतभार ४८ हुने कानुनी व्यवस्था छ । राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा सबैभन्दा बढी मत नेकपा ९माओवादी केन्द्र० सँग छ । माओवादी केन्द्रका स्थानीय तहमा प्रमुख(उपप्रमुख गरी ५२ र प्रदेशसभामा १२ सदस्य छन् ।

माओवादी केन्द्रमा स्थानीय तहबाट ९३६ र प्रदेशसभाबाट ५७६ मत गरी एक हजार ५१२ मत छ । नेकपा९एमाले० का स्थानीय तहका प्रमुख-उपप्रमुख गरी ४५ र प्रदेशसभा सदस्य १३ जना छन् । स्थानीय तहबाट ८१० र प्रदेशसभाबाट ६२४ मत हुन आउँछ । यो भनेको एमालेको कूल एक हजार ४३४ मत हो ।

नेपाली कांग्रेससँग स्थानीय तहका प्रमुख(उपप्रमुखको ७२० तथा प्रदेशसभा सदस्यको २८८ गरी कूल एक हजार आठ मत छ । एमाले विभाजनपछि बनेको नेकपा ९एकीकृत समाजवादी० मा स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी १३ र प्रदेशसभाका ३ जना मतदाता छन् । स्थानीय तहको मतभार २३४ र प्रदेशसभा सदस्यको मतभार १४४ गरी एकीकृत समाजवादीको कूल मत ३७८ रहेको छ । राप्रपाको एक जना प्रदेशसभा सदस्य भएकाले उसको मतभार ४८ मात्र छ ।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १० : २९ बजे

चार महिनामा साढे चार खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा

मगर साहित्य महोत्सव : स्वयम् सेवक परिचालनका लागि विद्यार्थी संगठनहरुसँग छलफल

बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१

सिन्धुलीबाट १८९ किलो गाँजा बोकेको पिकअप गाडीसहित एक जना पक्राउ

काठमाडौं । सिन्धुलीबाट प्रहरीले १८९ किलोग्राम गाँजा बोकेको पिकअप गाडीसहित

धरहरा चढ्ने स्वदेशीलाई दुई सय शुल्क

काठमाडौं । परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी

गैँडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट आज बिहान