काठमाडौं । जानकी फाइनान्सले लाभांश घोषणा गरेको छ । पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
अहिले यस कम्पनीको चुक्ता पुँजी ६० करोड ४ लाख ११ हजार १ सय रुपैयाँ रहेको छ । बोनस शेयर जारी पश्चात कम्पनीको चुक्ता पुँजी थप ९ करोड ६१ लाख रुपैयाँ पुँजी हुनेछ ।
प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्छ ।
प्रतिक्रिया