१४ मंसिर २०८१, शुक्रबार | November 29, 2024

मेलम्चीको विकल्पमा १३ वटा ‘डिप बोरिङ’ जडान हुँदै



काठमाडौं । मेलम्ची नआउन्जेलसम्म काठमाडौं उपत्यकामा पानीको अभाव हुन नदिन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले थप १३ वटा ‘डिप बोरिङ’ जडान गरी दैनिक एक करोड ३० लाख लिटर पानीको उत्पादन थप्ने योजना बनाएको छ ।

त्यसमध्ये तीनवटा जडान भई सञ्चालनमा आइसकेका छन् भने १० वटा जडानका लागि ठाउँ पहिचान भई अहिले अध्ययन कार्य भइरहेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलन शाक्यले उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्पको रूपमा उपत्यकाको १३ वटा ठाउँमा नयाँ ‘डिप बोरिङ’ जडान गरी एक करोड ३० लाख लिटर पानीको उत्पादन थप गर्न लागिएको जानकारी दिए ।

उनले उपत्यकामा मेलम्चीको पानी पुनः वितरण सुरु नभएसम्म पानीको अभाव हुन नदिन पानीको उत्पादन थप गर्न लागिएको स्पष्ट पारे ।

उनले अबको दुई महिनामा अध्ययन सम्पन भई निर्माण कार्य सुरु हुने बताए । दसवटा जडान भई सञ्चालनमा आइसकेपछि वितरण प्रणालीमा दैनिक थप एक करोड लिटर पानी थप हुने बताए ।

उपत्यकामा भएका पानीका स्रोतहरूको संरक्षण गर्दै पानीको उत्पादन थप्न लागिएको बताउँदै उनले भने, ‘‘केयूकेएलले अहिले सञ्चालनमा रहेका ३५ वटा सतहगत मुहानलाई सफा र मर्मतसम्भार गरी बढीभन्दा बढी पानी पोखरीमा ल्याउने, चुहावट भइरहेको पाइएमा ७२ घण्टाभित्र मर्मत गर्ने र सुक्खा ठाउँहरूमा ट्याङ्करबाट समेत पानी वितरण गर्ने कार्यक्रम अगाडि बढाइएको छ । ’’ आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ७ : ४६ बजे

लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा दुई सय

पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र औँसीका दिन

रामेछापमा सुमो दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु

काठमाडौं । रामेछापमा सुमो दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको घटनास्थलमै मृत्यु

प्रधानमन्त्री ओली लुम्बिनीमा

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो

मिलन कला केन्द्रद्वारा प्रदेश स्तरीय ‘नो भोट-नो एसएमस’ एकल नृत्य प्रतियोगिता गर्दै

बुटवल । फरक फरक किसिमका धेरै नृत्य प्रतियोगिताहरु गर्दै आएको