१४ मंसिर २०८१, शुक्रबार | November 29, 2024

कांग्रेसको १४ औं महाधिवेशन : तयारी तीव्र



काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन तयारी मूल समितिले आफ्नो गृहकार्यलाई तीव्र बनाएको छ ।

महाधिवेशन आउन १२ दिनमात्रै बाँकी रहँदा महाधिवेशनका लागि गठित समितिले आफ्नो तयारीलाई उच्चस्तरमा अगाडि बढाएको हो ।

महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्नका लागि प्रधानमन्त्रीसमेत रहे​का काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा गठित महाधिवेशन तयारी मूल समितिले उपसमितिहरूसँगको समन्वयमा महाधिवेशनको तयारी तीव्र बनाएको हो ।

गृहमन्त्री एवम् महाधिवेशन तयारी मूल समितिका सदस्य बालकृष्ण खाणले महाधिवेशन व्यवस्थित रूपमा सम्पन्न गर्न पार्टीपङ्क्ति खटिएको जानकारी दिए । उनले भने, “काँग्रेसका लागि यो एउटा उत्सव हो । देशभर १६५ निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि आउनुहुन्छ । उहाँहरूको भोजन तथा आवासको व्यवस्थापन आयोजक समितिले गर्छ । यसका लागि सबै तयारी भइरहेको छ ।”

खाणले महाधिवेशन प्रतिनिधिसँगै ७७ वटै जिल्लाबाट आउने पार्टी कार्यकर्ताको चापलाई व्यवस्थापन गर्न र आवश्यकताअनुसार सबै पूर्वाधार तयार गर्नकै लागि उपसमिति गठन गरिएको उल्लेख गरे । उनले भने, “सम्बन्धित उपसमितिले आवश्यक तयारी सुरु गरिसकेका छन् ।”

महाधिवेशन तयारी मूल समितिले कोरोना प्रकोपलाई दृष्टिगत गरी सुरक्षा मापदण्ड पालना गर्ने तयारी गरिरहेको छ । गृहमन्त्री खाणले भने, “भीड जम्मा गर्न हुन्न । कुनै कार्यक्रममा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्छ । त्यसैले आमन्त्रित र पार्टी कार्यकर्तालाई उत्साहित बनाउन प्रेरित गर्नेगरी सन्तुलन कायम गरिनेछ ।”

काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले महाधिवेशनका क्रममा सर्वसाधारणलाई हुन सक्ने असुविधालाई ध्यान दिइने बताइन् । महाधिवेशनका गतिविधिलाई व्यवस्थित रूपमा सम्प्रेषण गर्नेदेखि कार्यक्रम आयोजना हुने स्थान चुस्त बनाउनका लागि उपसमितिमार्फत काम भइरहेको उनले बताइन् । केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले महाधिवेशन उद्घाटनपूर्व र महाधिवेशन पूर्ण रूपमा सम्पन्न नभएसम्मका गतिविधिलाई व्यवस्थित गर्न मूल समितिको ध्यान केन्द्रित भएको बताइन् । आजको गोरखापत्र दैनिकमा अशोक अधिकारीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ७ : २२ बजे

प्रधानमन्त्री ओली लुम्बिनीमा

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो

मिलन कला केन्द्रद्वारा प्रदेश स्तरीय ‘नो भोट-नो एसएमस’ एकल नृत्य प्रतियोगिता गर्दै

बुटवल । फरक फरक किसिमका धेरै नृत्य प्रतियोगिताहरु गर्दै आएको

बौद्धिक पलायन रोक्न सीपमूलक र उत्पादन केन्द्रित शैक्षिक कार्यक्रम आवश्यकः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबारको तुलनामा आज सुन र चाँदीको

कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छः अर्थमन्त्री पौडेल

भैरहवा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन योजना