काठमाडौ । नेपालको वान स्टप फुड एप भोजबाट खरिद गरी आइएमई पेबाट भुक्तानी गर्दा २०% क्यास ब्याक पाइने भएको छ ।
यसै विषयमा आज आइएमई पे र भोजवीच सम्झौता भएको छ । सम्झौता अनुसार फुड एप भोजबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि आइएमई पे एप मार्फत सजिलैसँग भुक्तानी गर्न सक्नेछन् ।
भोज र आइएमई डिजिटल सोलुसन लिमिटेडवीच भएको सम्झौता पश्चात अब भोज्बाट आइएमई पे माफर्त खरिद गर्दा रु ५०० नबढ्ने गरी २०% क्यासब्याक गरी सेवाग्राहीले प्राप्त गर्न सक्नुहुनेछ । अफर १३ अगस्त २०२१ देखि १९ अगस्त २०२१ सम्म लागु हुनेछ ।
उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका बजार ब्यवस्थापक आमोद भट्टराईले भोज्मा ‘आइएमई पे को भुक्तानी सेवासंगै २०% क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताए ।
सेवा शुरुआत गरिएको उपलक्ष्यमा बोल्दै भोजका सह–सस्थापक निकेत अग्रवालले भोजदिल्स्बाट खरिद गर्दा आइएमई पे मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास ब्यक्त गरे ।
प्रतिक्रिया