१५ मंसिर २०८१, शनिबार | November 30, 2024

मांसाहारी आन्दोलन गर्न खोज्नेलाई जाउलाखेलको ‘जु’ मा बन्द गर्दिने गृहमन्त्री थापाको चेतावनी



काठमाडौं । ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं गृहमन्त्री रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्न खोज्नेहरुलाई चिडियाखानाभित्र थुन्ने चेतावनी दिएका छन् ।

नारायणहिटी राजदरबार अगाडि आयोजित बृहत् सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले मांसाहारी आन्दोलनलाई नेपालको कानुनले बर्जित गरेको हुँदा उनीहरुलाई जाउलाखेलको चिडियाखानामा बन्द गर्ने चेतावनी दिएका हुन् ।

थापाले भने, ‘दुई तिहाई बहुमतको पार्टीलाई छिन्नभिन्न बनाउन चाहने ती गुटवादी फुटवादीहरुलाई म भन्न चाहन्छु, तपाईंहरुको स्थान चिडियाखाना हो ।’

थापाले अहिले फुटवादीहरुले अस्थिरता र प्रतिगमन सुरु गरेको बताउँदै उनीहरु विरुद्ध तेस्रो जनआन्दोलन सुरु भएको घोषणा गरे ।

‘अहिलेको अस्थिरता र प्रतिगमन पार्टी नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्रसँग जोडिएको छ । दुई तिहाई बहुमतको नेतृत्व हटाउन खोज्ने षड्यन्त्रसँग जोडिएको छ’, थापाले भने, ‘यो अस्थिरता सम्माननीय राष्ट्रपतिलाई मानमर्दन गर्ने षड्यन्त्रसँग जोडिएको छ । यो परिस्थितिको सामाना गर्नका लागि जनतालाई आन्दोलित गरेर मात्र सम्भव छ ।’

थापाले फुटवादीहरुले नेतृत्वले आत्मसमर्पण गरेन भनेर विस्थापित गर्न षड्यन्त्र गरेको भन्दै उनीहरुको षड्यन्त्र कहिल्यै पुरा नहुने दाबी गरे ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  २ : ०१ बजे

बढ्यो पेट्रोल र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ

कालीगण्डकी कोरिडोर : मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू

म्याग्दी । भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी र

‘कामरेड जलजला’ (उपन्यास) लोकार्पण

काठमाडौं । वामपन्थी नेता मोहनविक्रम सिंहद्वारा लिखित ‘कामरेड जलजला’ (उपन्यास)

एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न नेपाल प्रिमियर

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीको भेट, चीन भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट