१५ मंसिर २०८१, शनिबार | November 30, 2024

संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता छैन : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।

सोमबार अन्तरपार्टी महिला सञ्जालले संसद स्चारु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले प्रतिनिधिसभाले कहिल्यैपनि सरकारलाई असहयोग नगरेको बताएका हुन् ।

संसदमा एकदिन पनि सत्तापक्ष र प्रतिपक्ष कसैले पनि सरकारको विरोध गरेर सरकारले दिएको बिजनेसमाथि प्रभाव नपारेको सापकोटोले जिकिर गरे । संसदमा अराजकता भयो, अनुशासन भएन भन्ने सरकारको आरोपमा कुनै सत्यता नभएको सभामुख सापकोटाले बताए । उनले भने, ‘कुनै दिन पनि न त्यहाँ त्यस्तो नारा लाग्यो न वेल घेर्ने काम भयो । सौहार्द ढंगले व्यवस्थित ढंगले हामीले लोकतन्त्रको मूल्य मान्यता, आदर्शलाई स्थापित गर्नका लागि छलफलको वातावरण बनाउनको लागि हामीले भगिरथ मेहनत ग¥यौं । हामी सबै सांसदहरु, सचिवालयका कर्मचारीहरु सबैले अहोरात्र खटेर र सबै अनुशासित भएर सदन सञ्चालन गरेका थियौं । जुन अहिले सहयोग भएन, त्यहाँ अराजकता भयो, अनुशासन भएन भन्ने कुरा आइरहेको छ त्यो सत्यमा आधारित छैन । त्यो सत्य छैन ।’

सभामुख सापकोटाले प्रतिनिधिसभाको अधिवेसन सुचारु गर्ने कुरामा सरकारले अवरोध गनु बेठिक भएको पनि बताए । संसदले नीति तथा कार्यक्रम र बजेट पास गर्ने कुरामा कहिल्यैपनि अवरोध नगरेको तर सरकारले नै विघटन गरेर प्रतिनिधि सभालाई सञ्चालन गर्न अवरोध गरेको उनले बताए । सभामुख सापकोटाले भने, ‘प्रतिनिधिसभाले कार्यपालिकालाई कहिल्यै पनि असहयोग गरेको छैन् । त्यसकारण यस्तो परिस्थितिमा जुन खालको अवरोध सिर्जना गरिएको छ त्यो बेठिक छ ।’

संसदले संविधान संसोधन गरेर नक्सा पास गरी अभूतपूर्व एकता देखाएको अवस्थामा अवरोध सिर्जना ग¥यो भन्नु गलत भएको पनि सापकोटाको भनाइ थियो ।

संसद सुचारु गर्नुपर्छ भन्ने आवाज आइरहेको उल्लेख गर्दै सभामुख सापकोटाले यस सम्बन्धमा आफूले अध्ययन गरिराखेको बताए । उनले भने ‘ संसद सञ्चालन गर्ने तयारी हँुँदै गर्दा हठात संसद सञ्चालनमा अवरुद्धता आएको छ । त्यसलाई सुचारु गर्नपर्छ भन्ने आवाज बढिरहेको छ । यससम्बन्धमा म जिम्मेवारीपूर्वक अध्ययन गरिराखेको छु । विश्लेषण गरिरहेको छु ।’

 

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ५ : ०३ बजे

नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्ष ज्ञवालीको निधन

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्ष

जनकपुर बोल्ट्स एनपीएलको पहिलो खेलमा विजयी

काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो

सन्दर्भ विश्व एड्स दिवसः नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो

काठमाडौं । नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण

एनपीएल : गप्टिलको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १२८ रनको लक्ष्य (फोटो फिचर)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले

स्थानीय तह उपनिर्वाचनः सम्पूर्ण तयारी पूरा

काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि