१४ मंसिर २०८१, शुक्रबार | November 29, 2024

जनतामा जाँदा सरकारले गरेको कामको ‘फियरिस्त’ लिएर जान्छौँ : गोकुल बाँस्कोटा



काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभा सदस्यको निर्वाचन निर्धारित मितिमै हुने जिकिर गरेका छन् ।

उनले राष्ट्रिय युवा सङ्घ नेपाल धुलिखेल नगर कमिटीद्वारा नेकपा केन्द्रीय कमिटी तथा अनेरास्ववियु केन्द्रीय कमिटीमा जिल्लाबाट मनोनीतलाई सम्मानार्थ आज आयोजित कार्यक्रममा निर्वाचन नसर्ने उल्लेख गर्दै निर्वाचनमा को कहाँ भन्ने हैसियत जनताले निर्धारण गरिदिने बताए ।

“निर्वाचन कुनै पनि हालतमा सर्दैन, निर्वाचनमा जनताले मतद्वारा जहाँ राख्छन् हामी त्यही बस्न तयार छौँ”, बाँस्कोटाले भने, “हामी जित्नका निम्ति कुनै हर्कत गर्दैनौँ, देशका निम्ति कुन नेता चाहिन्छ जनताले आफैँले फैसला गर्नेछन् ।” उनले संविधानको धारा-८५ मा संसद् विघटनको अधिकार रहेको जिकिर गर्दै यसबारे निर्वाचनमा जान नचाहनेले जनतामा भ्रमण फैलाइरहेको बताए । उनले भने, “संविधानमा संसद् विघटन नभएको खण्डमा सरकारको अवधि पाँच वर्षको रहनेछ भन्ने उल्लेख गरिएको छँदाछँदै चुनावमा जान नचाहनेले जनतामा भ्रम छरेका हुन्, यो भ्रम बिस्तारै चिरिनेछ ।”

उनले निर्वाचनमा जनताको घरदैलोमा जाँदा सरकारले गरेको कामको ‘फियरिस्त’ लिएर जाने बताए । “फियरिस्तले वर्तमान सरकारले कुनै काम गरेन भनेर आलोचना गर्नेको मुख बन्द हुन्छ”, उनले भने, “नीति, सिद्धान्तमा प्रतिस्पर्धा नगरी पदको निम्ति पार्टीभित्र झगडा गर्नेले झैँ हामी पदका निम्ति जनतालाई बलिदानी दिने विचारक हैनौँ ।” हाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा निर्माणको चरणमा रहेको उनले बताए ।

कार्यक्रममा जिल्लाबाट नेकपा केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने १२ र अनेरास्ववियु केन्द्रीय कमिटीमा मनोनीत १५ जनालाई सम्मान गरिएको थियो ।

सो अवसरमा नेकपा केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा, नेकपा केन्द्रीय सदस्य एवं जिल्लाध्यक्ष अशोक ब्याञ्जू, नेकपा केन्द्रीय सदस्य रीता ढकाल, युवा सङ्घ नेपालका जिल्ला अध्यक्ष विक्रम चौलागाईंलगायतले मनोनीत नेतालाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । रासस

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ५ : ३७ बजे

प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमण जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका प्रधानमन्त्री ली खछ्याङको

ढुक्क हुनुहोस्, सरकार तीन वर्ष तलमाथि हुँदैन : सञ्चारमन्त्री गुरूङ

स्याङ्जा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले दुई

दुर्गा प्रसाईं थप ५ दिन हिरासतमा

काठमाडौं । विवादस्पद मेडिकल ब्यावसायी थप ५ दिन हिरासतमा बस्ने

पहिलो दिन रविसँग ६ घण्टा बयान, अझै तीन दिन काठमाडौंको हिरासतमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अझै तीन

गम्भीर रोगका बिरामीले पाए पुनर्जीवन

लुम्बिनी । बर्दिया जिल्ला गेरुवा गाउँपालिका-६ मनाउका महावीर थारुको डेढ