११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

बागलुङबाट दुई फरार प्रतिवादी पक्राउ



बागलुङ । कुटपिट र सार्वजनिक अपराध मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका–१२ का गणेश आचार्य र गलकोट नगरपालिका–८ का राजु परियार छन् ।

अदालतबाट दोषी ठहर भई फैसला कार्यान्वयन हुन बाँकी रहेका आचार्य र परियारलाई घरमै लुकिछिपी बसेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराउने छ ।

३६ वर्षीय आचार्यलाई कूटपिटको मुद्दामा अदालतले विसं २०७१ वैशाख १३ मा आठ महिना कैद र चार हजार जरिवानाको फैसला गरेको थियो ।

यस्तै सार्वजनिक अपराधमा पक्राउ परेका ३९ वर्षीय नेपालीले विसं २०७३ माघ १० मा छ हजार जरिवानाको सजाय पाएका थिए ।

पछिल्लो समय प्रहरीले अदालतको फरार सूचीमा रहेका प्रतिवादीको खोजी तीव्र पारेको छ । कार्यालयका प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले एक महिनायता १०७ जना फरार प्रतिवादी पक्राउ परेको जानकारी दिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  २ : ५५ बजे

सामाजिक सञ्जाल नियमन कानुन निर्माण गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण

कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार

विराटनगर । कोशी ब्यारेजबाट नदीमा खसेको यात्रुबाहक बसमा सवार २६

कोशी ब्यारेजबाट बस नदीमा खस्यो

विराटनगर । कोशी ब्यारेजबाट यात्रु बाहक बस सप्तकोशीमा खसेको छ

अग्नि सापकोटा विरुद्धको मुद्दाको अनुसन्धानको सक्कल फाइल पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध

झोलुङ्गे पुल निर्माणले सुस्तावासीको जीवनयापन सहज : राष्ट्रपति पौडेल

लुम्बिनी । राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तावासीले आफ्नो दैनिक जीवनयापनका लागि