१४ मंसिर २०८१, शुक्रबार | November 30, 2024

क्यानको बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा



काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा हुँदैछ । क्रिकेटको भावि योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको हो ।

देशभरिका पदाधिकारी भाग लिन सहज होस् भनेर बैठक चितवनमा राखिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । उक्त बैठकमा सन् २०२० का लागि खेलाडीसित गरिने सम्झौताका विषयमा छलफल हुनेछ ।

आर्थिक गतिविधि अनुमोदन गर्ने तथा क्यानले भविष्यमा अपनाउने रणनीतिका विषयमा समेत छलफल हुने अधयक्ष चन्दले बताए ।

क्यानले असोज मसान्तभित्र वार्षिक साधारणसभा गर्ने योजना बनाएको छ । यसअघि कोरोना भाइरसको महामारीका कारण क्यानको बोर्ड बैठक गर्नेबारे अन्योल भएको थियो ।

यसअघि क्यानले क्रिकेट गतिविधि अघि बढाउन प्रदेश र जिल्ला सङ्घलाई बजेट उपलब्ध गराएको थियो ।

क्यानले ६ प्रदेश तथा २९ जिल्लालाई रकम उपलब्ध गराएको हो । हाल क्यानमा ३९ जिल्ला आबद्ध छन् । प्रत्येक प्रदेशलाई एक लाखका दरले तथा जिल्लालाई ५० हजारका दरले बजेट उपलब्ध गराएको थियो ।

सात प्रदेशमध्ये क्रिकेट संरचनाअन्तर्गत कर्णाली प्रदेशलाई प्रदेश नं ५ मै राखिएको छ । कर्णाली प्रदेशको सुर्खेत जिल्ला मात्र क्यानमा आबद्ध छ । कोरोनाका कारण क्रिकेट गतिविधि ठप्प नै थियो ।

अब यही परिस्थितिमा पनि कसरी गतिविधि सञ्चालन गर्न सकिन्छ भन्नेबारे बैठकमा छलफल हुने अध्यक्ष चन्दले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ५ : ०८ बजे

मार्गशीर्ष कृष्ण त्रयोदशी : पशुपति क्षेत्रमा महादीपदान गर्नेको घुइँचो

काठमाडौं । मार्गशीर्षकृष्ण त्रयोदशीका अवसरमा आज बेलुकीदेखि पशुपति क्षेत्रमा दिवंगत

एनपिएल खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपालमा

काठमाडौँ । भारतीय क्रिकेटर शिखर धवन नेपाल आएका छन् ।

होटल पौवाको प्रोमो कोडबाट यति एयरलाइन्सको हवाई यात्रामा छुट पाइने

नेपालगन्ज । नेपालका बिभिन्न स्थानहरुमा नेपाली हस्पिटालिटीसहितको सेवा दिँदै आएको

चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’

कैलाली । यस वर्षका ठूला चाडपर्व सकिएका छन् । बडादसैँ,

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री